Breaking News.... EverestOnlineKhabar
April 30, 2026

मतगणनामा भइरहेको ढिलासुस्तीलाई सुधार गर्ने निर्वाचन आयोगको तयारी

Loading

काठमाडौं, जेठ २ । निर्वाचन आयोगले मतगणनामा भइरहेको ढिलासुस्तीमा सुधारको प्रयास गर्ने भएको छ ।

मतदाता र सर्वसाधारणले मतगणना सुस्त भइरहेको भन्दै गुनासो गरेपछि निर्वाचन आयोगले मतगणनामा आवश्यक सुधार गर्ने प्रयास भइरहेको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अघिल्ला चुनावको तुलनामा यसपटक मतगणनामा ढिलाइ हुनु स्वाभाविक भएको भन्दै मतगणना ढिलाइमा सुधारको प्रयास भइरहेको हामीलाई जानकारी दिए ।

प्रवक्ता शर्माले महानगरपालिकाको मतगणनामा खटिएका कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गर्ने तयारी आयोगले गरिरहेको बताए ।

यसैबीच, आयोगले पहिलो चरणमा निर्वाचन हुन नसकेका स्थानीय तहहरुमा छिट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

स्थगित भएका केही स्थानीय तहमा कार्यतालिका सार्वजनिक भइसकेको र केही ठाउँका लागि छिट्टै कार्यतालिका सार्वजनिक गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले २५७ स्थानीय तहमा मतगणना भइरहेको र बाँकी रहेका स्थानीय तहमा पनि छिट्टै मतगणना सुरु गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed