Breaking News.... EverestOnlineKhabar
April 29, 2026

महाभियोगपछि सुशीला कार्कीसँग रहेका सुरक्षाकर्मी फिर्ता

Loading

काठमाडौ,२० बैशाख ।
सत्तारुढ दल कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशील कार्कीको बिरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै उनको साथमा रहेका प्रहरी र नेपाली सेनाका सुरक्षा अधिकारीहरु फिर्ता भएका छन् ।
नेपाल प्रहरीले महाभियोग दर्ता भएकै दिन (आईतबार) नै सुरक्षाकर्मी फिर्ता बोलाउने भनेपनि नेपाली सेनाका सुरक्षा अधिकारी फिर्ता नभएपछि रोकिएका थिए । राष्ट्रपति कार्यालयबाट पत्र आईसकेको भन्दै जङ्गी अड्डाले मंगलबार आफ्ना सुरक्षा अधिकारी फिर्ता बोलाएको छ । सेनासँगै नेपाल प्रहरीका सुरक्षा अधिकारी पनि फर्किएका छन् ।
‘नयाँ प्रधान न्यायाधीशका लागि हामीले आइतबार नै नयाँ टिम पठाएका थियौं’ नेपाली सेनाका प्रवक्ता झंकर बहादुर कडायतले भनेः‘यसअधिका प्रधान न्यायाधिश सँग भएका हाम्रा सुरक्षाकर्मी फर्किने क्रममा छन् ।’
नेपाल प्रहरीले दुईओटा गाडी सहितको प्रहरी प्रधान न्यायाधिशको शुरक्षाको लागी खटाएको हुन्छ भने क्याप्टेनको कमाण्डमा आधा दर्जन नेपाली सेनाका सुरक्षाकर्मी खटिएका हुन्छन् ।
महाअभियोग दर्ता भएँसगै निलम्बनमा परेकी कार्किले अब पुर्व प्रधानन्यायाधिशले पाउने सरहको सुविधा मात्रै पाउने गृह मन्त्रालयले जनाएको छ । महाअभियोग पारित भएमा पूर्व प्रधान न्यायाधिशको हैसियतमा पाउने सुविधा पनि कटौती हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed