Breaking News.... EverestOnlineKhabar
April 27, 2026

उडिरहेको विमान असन्तुलित हुँदा २७ यात्रु घाइते

Loading

बैंकक,१९ बैशाख ।
मस्कोबाट बैंककतर्फ आउँदै गरेको एउटा विमान खराब मौसमका कारण अचानक अनियन्त्रित हुँदा २७ यात्री घाइते भएका छन् । रुसी अधिकारीहरुका अनुसार उडानका क्रममा एरोफ्लोट एयरलाइन्सको विमान खराब मौसमका कारण अनियन्त्रित भएको थियो ।
घाइतेमध्ये केहीको हाडसमेत भाँचिएको बताइएको छ । घाइते तीन यात्रीको शल्यक्रिया गर्नुपरेको अधिकारीहरुको भनाइ छ । अन्यलाई भने सामान्य चोट लागेको छ ।
थाइल्याण्डस्थित रुसी दुतावासका अनुसार घाइतेमध्ये २४ जना रुसी नागरिक छन् । एयरलाइन्स कम्पनीले जनाएअनुसार सीट बेल्ट नबाँधेका यात्रीहरु उछिट्टिएर घाइते भएका हुन् । विमानका पाइलट एलेक्जेन्डर रुजोभका अनुसार आकाश सफा नै रहेका कारण प्रतिकुल मौसमको पूर्वानुमान नै थिएन । ३ सय १३ यात्री सवार विमान बैंकक विमानस्थलमा अवतरण गर्नुभन्दा करिब ४० मिनेट अघि आकाशमा अनियन्त्रित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed