Breaking News.... EverestOnlineKhabar
February 8, 2026

जाजरकोटमा बिहे भोज खाएका एकजनाएको मृत्यु

Loading

जाजरकोट,१९ बैशाख ।
जाजरकोटको भेरी नगरपालिका–२ दारनेटामा विवाह भोज खाएका एकजनाको ज्यान गएको छ । भेरी नगरपालिका–२ दारनेटाका ७० वर्षका कालो पुनको बिहे भोज खाएपछि ज्यान गएको हो ।
कालो पुन आइतबार दारनेटाको ओखरे गाउँका गोरख घर्तिकी छोरीको विवाह भोज खाएर फर्किएका थिए । कालो पुन सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्याल जाजरकोटले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकरी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.