Breaking News.... EverestOnlineKhabar
April 29, 2026

चुनाव तयारीमा लाग्न प्रहरी महानिरीक्षकको निर्देशन

Loading

काठमाडौ,१९ बैशाख ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मातहतका उच्च प्रहरी अधिकारीको भेला डाकी निर्वाचनलाई ध्यानमा राखी कडा सुरक्षा व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगपछिको उत्पन्न घटनाक्रमबारे सोझै त केही बोलेनन् तर उनले पछिल्लो घटनाक्रमलाई ध्यानमा राखी सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिए ।
प्रहरी मुख्यालयको भेलामा उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुख उपस्थित थिए । सुरक्षा अधिकारीले चुनावी तयारी र सुरक्षाबारे जानकारी गराएका थिए । महानिरीक्षक अर्यालले स्थानीय निकायको निर्वाचनका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed