Breaking News.... EverestOnlineKhabar
April 30, 2026

म्यादी प्रहरीप्रति सरकार सशंकित, निगरानी बढाउन निर्देशन

Loading

काठमाडौ,१५ बैशाख ।
गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।
म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed