![]()
चितवन । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा ‘टिपिकल कम्युनिष्ट’ शासनको सुरुवात भएको बताएका छन ।
नेपाल प्रेस युनियन चितवन शाखाले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले न्यायालय कब्जामा लिने, प्रेसमाथि सेन्सरसिप लगाउने खोज्ने, महान्यायाधिवक्ताको कार्यालय जस्तो संवैधानिक निकाय, राजस्व बिभाग लगायतका महत्वपूर्ण निकायमा कब्जा जमाउन खोज्ने लगायतका काम कम्युनिष्ट अधिनायकवादको सुरुवात भएको जिकीर गरे ।
नेता कोइरालाले भने, ‘अब न्यायाधीश बिदेश जाँदा कार्यकारीको अनुमति लिनुपर्ने व्यवस्था राखियो। न्यायपालिका पनि सरकार मातहत आइसकेको छ। इो टिपिकल कम्युनिष्ट शासनको सुरुवात हो । ’
नेता कोइरलाले विधान संसोधन गरेर नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिटो गर्नुपर्ने माग पनि गरेका छन्।


