Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अमेरिकी आग्रहमा कोलम्बियाका बिद्रोही नेता बोगाटा पक्राउ

Loading

बीबीसी । अमेरिकाको आग्रहमा कोलम्बियाको पूर्व फार्क विद्रोही समूहका एकजना उच्च नेतालाई बोगोटामा पक्राउ गरिएको छ।
न्यूयोर्क्स्थित एउटा अदालतले पूर्व शान्ति वार्ताकार र भविष्यका एक सांसद खेसूस सान्ट्रिजमाथि लागुऔषध तस्करीको आरोप लगाएको छ। कोलम्बियाका महान्यायाधिवक्ता नेस्टोर मार्टिनेजका अनुसार सान्ट्रिजले ३२ करोड डलर मूल्य पर्ने १० टन लागुऔषध कोकिन निर्यात गर्ने योजना बनाएका थिए।

अमेरिकाले सुपुर्दगीका लागि आग्रह नगरूञ्जेल सान्ट्रिजलाई थुनामा राखिनेछ। एकजना वरिष्ठ फार्क नेता इभान मार्कुएजले शान्ति प्रक्रियामा नराम्रोमध्येको एउटा क्षण भएको प्रतिक्रिया दिएका छन्।

फार्क विद्रोहीले सन् २०१६ मा कोलम्बिया सरकारसँग एउटा शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। गत वर्ष निःशस्त्र भएपछि रिभोल्युशनरी आर्म्ड फोर्सेज अफ कोलम्बियाले एउटा राजनीतिक पार्टी गठनको घोषणा र्गयो।

शान्ति सम्झौता अनुसार चुनावहरूमा जति सीट ल्याए पनि फार्क विद्रोहीलाई सन् २०२६ सम्म कंग्रेसमा १० सीट दिइनेछ । सान्ट्रिजले आउँदो जुलाइमा सांसद पद सम्हाल्ने तय भएको थियो।

टेसिभिजनमार्फत गरेको सम्बोधनका क्रममा कोलम्बियाका राष्ट्रपति ख्वाँ म्यानवेल सान्तोषसँगै उभिएका महान्यायाधिवक्ता मार्टिनेजले भने, “ती जो पक्राउ गरिएका छन, उनीहरूले शान्ति सम्झौताको मूल्य र सिद्धान्तलाई धोका दिएका छन्।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed