Breaking News.... EverestOnlineKhabar
April 30, 2026

टिम चौराह धनगढी डीपीएल क्रिकेटको फाइनलमा, काठमाडौं गोल्डेन्स १ विकेटले पराजित

Loading

कैलाली । धनगढीमा जारी डीपीएल क्रिकेटमा टिम चौराह धनगढी काठमाडौं गोल्डेन्समाथि १ विकेटको सनसनीपूर्ण विजय हात पार्दै फाइनलमा प्रवेश गरेको छ ।

प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भएको खेलमा टस हारेर काठमाडौं गोल्डेन्सले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। १२८ रनको विजय लक्ष्य लिएर मैदान प्रवेश गरेको टिम चौराह धनगढीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो।

धनगढीका रोहन मुस्तफाले २० बलमा ३३, शंकर रानाले ३९ बलमा २८, सुनील धमला १३, सोनु तमाङ १४ रन बनाए । यस्तै राजु रिजाल, सोमपाल कामी, योगेन्द्रसिंह कार्की र सम्साद शेखले ६ र ६ रन बनाए।

विराटनगरका सन्नी पटेल, रसिद खान र साहब आलमले २/२ विकेट लिए । पहिलो इनिङ्समा काठमाडौंको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले २३ बलमा ३ चौका र २ छक्काको मद्दतले ३८, अमित श्रेष्ठले ३८ बलमा ३६ र पुष्प थापाले १४ बलमा १६ रन बनाए।

टिम चौराहको तर्फबाट सोमपाल कामी र ललितसिंह भण्डारीले २/२ तथा सुनिल धमला, सम्साद शेख र रोहन मुस्तफाले १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed