![]()
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरबारले मात्रै देशको विकास नहुने र स्थानीय तहलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै उनले स्थानीय तह अधिकार सम्पन्न, स्रोत साधनयुक्त नभएसम्म लोकतन्त्रको विकास नहुने बताएका हुन् ।
“सिंहदरबारले मात्रै देशको विकास गर्न सक्दैन, देशको विकास गर्न स्थानीय तह बलियो हुनुपर्छ । विकासमा स्थानीय सहभागिता अपरिहार्य छ,” उनको आसय थियो ।
उनले चुनावी घोषणापत्र फगत प्रतिवद्धतापत्र नभइ संकल्पपत्र भएको बताए । संकल्पपत्रमा स्थानीय तह विकासको खाका र मुलुकको समृद्धिको मागचित्र भएको भन्दै यसले समग्र मुलुकको समुन्नती समेटेको जिकिर गरे
नेपाली कांग्रेसले ३ खण्डमा रहेको ५२ पृष्ठको घोषणापत्र मंगलबार सार्वजनिक गरेको हो ।


