Breaking News.... EverestOnlineKhabar
April 29, 2026

राप्रपाले ११ गते घोषणापत्र सार्वजनिक गर्ने

Loading

काठमाडौ,८ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको घोषणापत्रलाई परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ । घोषणा पत्र ११ गते सार्वजनिक गरिने समेत प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकले मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दलहरुलाई आह्वान गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो । समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर जबराका साथै दिपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे, रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवलशम्शेर राणा र सुनिल बहादुर थापा छन् ।
यस्तै जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत पनि कार्यसम्पादन समिति सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed