Breaking News.... EverestOnlineKhabar
April 29, 2026

राजस्व संकलन ३२ प्रतिशतले वृद्धि

Loading

 आर्थिक वर्ष २०७३/०७४ चैत मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७३/०७४ चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्ब ६५ अर्ब १६ करोड रहेकोमा रु. १ खर्ब ७२ अर्ब १७ करोड बराबर संकलन भइ लक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको जनाइएको छ ।

यो गत वर्षको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

शीर्षकगतरूपमा आयकरतर्फ रु. ९५ अर्ब ३९ करोड, मूल्य अभिवृद्धि कर रु. ४३ अर्ब ५ करोड र अन्तःशुल्कतर्फ रु. ३२ अर्ब ३६ करोड बराबर संकलन भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed