Breaking News.... EverestOnlineKhabar
April 28, 2026

राप्रपाको गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति

Loading

 निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचार र उनको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटिरहेकाबेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउनेलगायतका क्रियाकलापले आयोग मर्माहत भएको प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘नेपालको संविधान र कानुनअनुसार आयोगले कार्यसन्चालन गरिरहेका अवस्थामा कानुनअनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोगले गम्भीर आपत्ति प्रकट गर्दछ ।’

भविष्यमा यस्ता गतिविधि दोहरिन नदिन आयोगले उक्त पार्टीको ध्यानाकर्षण गराएको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed