![]()
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैशाख पहिलो साता भित्र स्थानीय तह निर्वाचनको घोषणा–पत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनावी घोषणा पत्र बैशाख पहिलो साता भित्र सार्वजनिक हुने जानकारी दिए। घोषणा पत्र तयारीका लागि सुझाव संकलनको कामलाई तीव्रता दिइएको उनको भनाइ थियो।
एमालेले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार घोषणा गर्ने जनाइसकेको छ भने स्थानीय तहको उम्मेदवार निर्विरोध चयन गरिएको जनाएकाे छ।
एमालेले घोषणा पत्र निर्माणका लागि पार्टीका कार्यवहाक अध्यक्ष बामदेव गौतम नेतृत्वको घोषणा पत्र मस्यौदा समिति नै बनाएर तयारीको कामलाई तीव्रता दिएको छ ।
एमालेले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार घोषणा गर्ने जनाइसकेको छ । सचिव भट्टराईले धेरैजसो स्थानीय तहको उम्मेदवार निर्विरोध चयन गरिएको जानकारी दिए। उनले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार तय गरिसक्ने पार्टीको यस अघिकै निर्णय गरिसकेको जनाए।
एमालेले उम्मेदवार चयनका लागि आवश्यक मादपण्ड र कार्यविधि नै तयार गरेको छ। लोकप्रिय, इमान्दार, योग्य व्यक्तिलाई उम्मेदवारी दिने मापददण्ड भित्रै रहेर उम्मेदवार चयनको काम भइरहेको पनि उनले जानकारी दिए।
एमालेले स्थानीय तहको निर्वाचनको महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको छ।
एमालेले निर्वाचनलाई प्रभावकारी ढंगले संचालन गर्नका लागि पार्टीका महासचिव इश्वर पोखरेल नेतृत्वको अनुगमन टोली बनाएको छ। यसैबीच, नेकपा एमालेको आइताबार बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ। पार्टी अध्यक्ष उपचारको शिलशिलामा बैंकक रहनु भएकाले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।


