Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री छान्दै माओवादी केन्द्र

Loading

काठमाडौ,माघ ।
नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश नम्बर–६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । मुख्यमन्त्रीमा आकांक्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
दुई दलबीचको सहमतिअनुसार एमालेले प्रदेश नम्बर–१, ३, ४ र ५ तथा माओवादी केन्द्रले प्रदेश नम्बर–६ र ७ मा साझारुपमा मुख्यमन्त्रीमा उम्मेदवारी दिने छन् ।

त्यसैगरी, प्रदेशको सभामुखमा एमालेबाट प्रदेश नम्बर–१, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश नम्बर–४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै, प्रदेश नम्बर–४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ । सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ ।
माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश नम्बर–६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकांक्षी दिएका छन् । यस्तै, प्रदेश नम्बर–७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्ट चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed