Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहिबार नेपाल आउँदै….

Loading

काठमाडौ,माघ ।
भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणमा आउने भएकी छन् । नेपालमा सरकारको नेतृत्व परिर्वतन हुनैलाग्दा स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।
भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ । माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed