![]()
एजेन्सी । सोमबार सन्दीपलाई छनोट गरेपछि मंगलबार दिल्लीका सिइओ हेमन्त दुहले सन्दीप छनोट हुनेको रहस्य खोले। उनले सन्दीपलाई यसअघि नै दिल्लीमा बोलाएर नेटमा प्राक्सटिस गर्न लगाएको र त्यसको भिडियो नवनियुक्त प्रशिक्षक रिक्की पोन्टिङलाई समेत देखाएको बताए।
’हामीसँग एसोसिएट टिम मात्र फलो गर्ने स्काउट छन्। हामीले सन्दीपलाई २०१६ को यू १६ वर्ल्डकपमा फलो गरेका थियौँ। त्यसपछि उनी अष्ट्रेलिया लागे। हामीले उनलाई ट्रयाक गरिरहेका थियौँ। त्यसैले आइपीएल अक्सनअघि उनलाई ट्रायलमा बोलायौँ,’ सन्दीपको ट्रायलमा उपस्थित रहेका दिल्लीका सिइओ हेमन्त दुहले इन्डियन एक्सप्रेसलाई बताएका छन्।
दुहले सन्दीप सानो उमेरको भए पनि राम्रो बलिङ गर्ने र उनको ट्रायलबारे गोप्य राख्नुको कारण पनि खुलाए।
’उनी भर्खर १७ वर्षका भए र उनले धेरै राम्रो बलिङ गर्छन्, राम्रो टर्न गराउँछन्। उनीसँग फास्टर बलमा पनि कन्ट्रोल छ,’ दुहले भने। ’त्यसैले हामीले उनलाई स्पेसिफिक ट्रायलका लागि बोलायौँ, उनलाई मात्र। उनले नेटमा मात्र बलिङ गरे। र, हामीले देख्यौं। हामीले यो विषयलाई गोप्य राख्न चाहन्थ्यौँ किनकि युवा स्पिनर धेरै थोरै मात्रामा छन्। हामीले उनको भिडियो टिमलाई देखायौं। सबैले उनलाई मन पराए। पोन्टिङले उनको बलिङ हेरे र आवद्ध गराउन अनुमति दिए।’
पोन्टिङ तिनै हुन् जसले माइकल क्लार्कसँगै अष्ट्रेलियाका लागि क्रिकेट खेलेका थिए। दुवैले आफ्नै कप्तानीमा अष्ट्रेलियालाई वान डे वर्ल्ड कप जिताए।
सन्दीपले आइपीएलमा स्थान बनाएपछि अष्ट्रेलियाको चर्चित क्रिकेट अनलाइन पोर्टल क्रिकेट अष्ट्रेलियाले क्लार्क र पोन्टिङको कनेक्सनले नै सन्दीपलाई सहयोग गरेको उल्लेख गरेको छ।
सन् २०१६ मा बंगलादेशमा यू १९ वर्ल्ड खेल्दै आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट गरेर सनसनी मच्याएका सन्दीप त्यसपछि सबैको नजरमा परेका थिए।
त्यसपछि उनी हङकङको टी २० ब्लिट्ज खेल्न गए। त्यहाँ उनको भेट क्लार्कसँग भयो। सँगै ड्रेसिङ रुम सेयर गरे। क्लार्कसँग खेले। त्यसबाट क्लार्क कतिसम्म प्रभावित भए भने क्लार्कले सन्दीपलाई प्रशिक्षण गर्न र ग्रेड क्रिकेट खेल्न अष्ट्रेलिया बोलाए।
सन्दीपले त्यहाँ आफ्नो सपना बिग बास लिग खेल्नु बताए पनि उनी त्यताभन्दा पहिले नै आइपीएलको टिममा छानिए। विश्व टी २० का हस्ती खेलाडीहरु को जमघट रहेको दिल्लीको टोलीबाट सन्दीपले पहिलो रोजाइमा खेल्न पाउँछन् कि पाउँदैनन् त्यसको लागि भने अप्रिल दोस्रो सातासम्म कुर्नुपर्ने हुन्छ।


