![]()
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यही माघ २२ गते भारतको उडिसा जाँदै हुनुहुन्छ । शाह निकट स्रोतका अनुसार धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।
पूर्वराजा शाह उडिसामा झण्डै एक हप्ता बस्नु हुनेछ । पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीले मठको नेतृत्व लिएको २५ औँ वर्ष पुगेको अवसरमा विशेष अतिथिको रुपमा शाहलाई निमन्त्रण गरिएको शाहका एक सचिवले जानकारी दिए ।
आदि शंकराचार्यले पुरीमा स्थापना गरेको मठमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गौशाला उद्घाटन लगायतका काम गर्नुहुनेछ ।
पुरी शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । हिन्दु धर्मा अन्तर्गतका विभिन्न गतिविधि सञ्चालनमा उनी र उनको टोलीको विशेष भूमिका रहने गरेको छ ।
केही समयअघि मात्रै पूर्वराजा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथनसंग भेटवार्ता गर्नुभएको थियो ।


