Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

ललितपुर । नेपालमा वर्षेनी करिब तीन हजार नयाँ बिरामी देखा परेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार यो वर्षमात्रै तीन हजार २१५ नयाँ रोगी पत्ता लागेका छन् । संगठनका सदस्य राष्ट्रले कुष्ठरोगी घटाउनुपर्नेमा झनै बढिरहेको छ । सन् २०१० मा नेपाल सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नयाँ बिरामीको संख्या बढ्नु चुनौतीको विषय बनेको छ ।

यस वर्ष मात्रै १४ वर्षमुनिका २२० नयाँ बिरामी फेला परेको संगठनमा आबद्ध एक सदस्य बताउँछन । प्रति १० हजार जनसंख्यामा एक प्रतिशतभन्दा कमलाई रोगको प्रभाव देखिएकाले सरकारले रोग निवारणको घोषणा गरेको थियो । सात वर्ष पहिले प्रति १० हजार जनामा ०.७९ रहेको स्वास्थ्य विभाग, कुष्ठरोग निवारण महाशाखाका रवीन्द्र बाँस्कोटा बताउँछन् । यस वर्षको राष्ट्रिय तथ्याङ्क हेर्दा बिरामीको संख्या प्रति दश हजारमा ०.९७ छ ।

तराईका बाँके, बर्दिया, नवलपरासीलगायत जिल्लामा कुष्ठरोग प्रभावितहरु बढी पाइएको छ । सबैभन्दा बढी बिरामीको चाप प्रदेश नं २ मा छ ।
कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि रोग निरोधक शक्तिले कीटाणु मार्न सकेन भने यो रोग लाग्छ । विभिन्न अध्ययनले कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि एक प्रतिशतलाई मात्र रोग लाग्छ ।

बाँकी ९९ प्रतिशत व्यक्तिको शरीरमा भएको रोग निरोधक शक्तिले काम गर्ने अध्ययनमा देखिएको छ । कुष्ठरोगको कीटाणुले छाला र स्नायुमा असर गर्छ । कुष्ठरोगको शुरुआती चरणमा उपचार हुँदा क्षति हुँदैन । उपचारमा ढिलाइ हुँदा शरीरका विभिन्न भागमा असर पुग्न गएर अंगभंगको अवस्था आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed