![]()
काठमाडौं । अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ।
नेपालले एक साताको युएई बसाईकाक्रममा तीनवटा अभ्यास म्याच खेल्ने छ । नेपाली टोली फेब्रुअरी ४ मा युएइबाट नामिविया प्रस्थान गर्ने कार्यक्रम छ।
फेब्रुअरी ८ बाट सुरु हुने डिभिजन टू मा नेपालसँगै आयोजक नामिविया, केन्या, युएई, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नछन्।
सिंगल राउण्ड रोविन लिगपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टिम मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ।


