Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

चितवन । शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगर शनिवार चितवनको रामनगरमा प्रहरीको गोलीबाट मारिएका हुन् । प्रहरीका अनुसार थापा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीसँग दोहोरो मुठभेडकाक्रममा मारिएका हुन ।

गोलघरको जाली काटेर फारार भएपछि प्रहरीकै मिलेमतोमा कैदी भागेको शंका गरिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed