![]()
एजेन्सी । बलिउड हड नायिका प्रियंका चोपडालाई कर बुझाउन भन्दै इनकम ट्याक्स अफिसले पत्र लेखेको छ । ट्यक्स अफिसले प्रियंकाले ६७ लाख पर्ने एक महंगो बस्तुको कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको थियो । तर, प्रियंकाले भने आफुलाई उपहार आएको भन्दै कर तिर्न अस्वीकार गरेकी थिइन ।
प्रियंकालाई ट्याक्स अफिसले महंगो बस्तु भएपछि उपहारको पनि कर तिर्न आग्रह गरेको छ । प्रियंकाले ट्याक्स अफिसको पत्रको जवाफ दिएकी छैनन ।
सन २०११ मा ट्याक्स अफिसले प्रियंका चोपडाको घरमा छापा मारेको थियो । जहाँ एउटा महंगो घडी र कार भेटिएको थियो । ति दुबै बस्तुको कर तिरिएको थिएन । किनकी प्रियंकाले ति दुवै वस्तु कम्पनिले आफुलाई उपहार दिएको बताउदै आएकी थिइन् ।


