Breaking News.... EverestOnlineKhabar
May 4, 2026

निर्वाचन आचारसंहिताले जनपक्षिय काम गर्न पाइएन : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न चाहँदा चाहँदै पनि जनपक्षिय काम गर्न नसकेको गुनासो गर्नुभएको छ ।
शनिबार बीपी स्मृति अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफुले मुलुकका लागि धेरै गर्न चाहे पनि लगातारको निर्वाचन आचारसंहिताका कारण सोचे अनुसार काम गर्न नसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले महत्वपुर्ण र दीर्घकालिन महत्व राख्ने निर्णयमा पनि आलोचना र टिप्पणी हुने गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
भुकम्प प्रभावितलाई थप एक लाख रुपैया अनुदान सहायता दिने, जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ बर्ष कायम गर्ने लगायत सरकारका निर्णयले राज्य कोष रित्त्याउने काम गरेको भन्दै एमाले,माओवादी केन्द्र लगायत दलले विरोध गरेपछि उहाँ असन्तुष्ट बन्नु भएको हो । प्रधानमन्त्रीले अर्नगल प्रचारबाजीका कारण गर्न काम गर्न नपाएको भन्दै रोष प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed