![]()
एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ ।
दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाउफलाई खेल भावना विपरित व्यवहार देखाएको भन्दै आइसिसीले कोहलीलाई कारबाही गरेको हो ।
कारबाहीस्वरूप कोहलीलाई दोस्रो टेष्टको पारिश्रमिकबाट २५ प्रतिशत जरिवाना तिराउने र १ अंक घटाउने निर्णय आइसिसीले गरेको छ ।
पानी परेपछि भिजेको मैदानमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेकोमा बल भिजेर बलिङ गर्न समस्या भएको भन्दै कोहलीले रिसाएर बल भुँईमा फ्याकेका थिए ।


