Breaking News.... EverestOnlineKhabar
May 3, 2026

काठमाडौंमा हेभिवेट नेताको चुनावी खर्च : माधव नेपालको १४ लाख, गगनको २४ लाख, प्रकाशमानको १७ र रविन्द्र मिश्रको १४ लाख

Loading

काठमाडौं । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
प्रतिनिधिसभाका ६१ र प्रदेशसभाका ९१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्राप्त बिवरण अनुसार काठमाडौँ क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजयी एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार विजयी कांग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार र क्षेत्र नं ९ बाट विजयी एमालेका नेता कृष्णगोपाल श्रेष्ठ १२ लाख ७८ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ र काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १६ लाख ४१ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । प्रतिनिधिसभा सदस्यका लागि २५ लाख र प्रदेशसभा सदस्यका लागि १५ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed