![]()
बिबिसि । मानवअधिकारको उल्लंघन गरेको आरोपमा आफ्ना प्रधानन्यायाधीश माथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय प्रति इरानले आक्रोस व्यक्त गरेको छ ।
परमाणु कार्यक्रमलाई लिएर प्रतिबन्ध लगाउँदै आएको अमेरिकाले न्यायालयमा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । अमेरिकी कदमको प्रतिशोध लिने भनेपनि कस्तो कारवाही गर्ने भनेर स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जाबेद जारीफले अमेरिकी कदमले सम्झौताको उलंघन गरेको आरोप लगाउनुभयो । अमेरिकाले र इरानका प्रधानन्यायाधीश आएतोल्लाह सादकी अमोली लारीजानी सहित १४ जनालाई मानवअधिकारको उलंघन गरेको आरोपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । परमाणु हतियार, आतंकवादलाई प्रश्रय दिएको, मानवअधिकारको उलंघन गरेको लगायतका आरोप लगाउँदै अमेरिकाले इरानको आलोचना गर्दै आएको छ


