Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पाँच बर्ष ढुक्कले देश चलाउन प्रचण्डलाई देउवाको पुनः प्रस्ताव

Loading

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर ढुक्कले पाँच वर्ष मुलुक चलाउन पुनः प्रस्ताव गरेका छन् ।

माओवादी निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्डलाई फोन गरेर पाँच वर्ष प्रधानमन्त्री बनेर देश चलाउनका स्पष्ट शब्दमा आग्रह गरेका हुन । देउवाले प्रचण्ड प्रधानमन्त्री भए कांग्रेसले बाहिरै बसेर भएर पूरा सहयोग गर्ने बचन दिएका थिए । एमालेसँग पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्नै सक्नुहुन्न भन्दै प्रचण्डलाई पटक–पटक आग्रह गरेका थिए ।

देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘पार्टी एकता भएपनि तपाई नेतृत्वमा पुग्न सक्नुहुन्न, त्यसैले ढुक्क भएर अब पाँच वर्ष देश चलाउनुहोस, हाम्रो तपाईलाई पूर्ण साथ र सहयोग रहन्छ।’

फोरम र राजपाले २ नम्बर प्रदेशमा सरकार बनाउने पक्कापक्की भएकोले बाँकीमध्ये १ र ३ नम्बर प्रदेशमा एमाले, ४, ५ र ६ नम्बर प्रदेशमा माओवादी र कांग्रेस मिल्दा बहुमत पुग्ने भएकोले तीन वटा प्रदेशमा माओवादीलाई सरकार बनाउन कांग्रेसले सहयोग गर्ने देउवाको वचन थियो ।

देउवाको भनाई चाख दिएर सुनेका प्रचण्डले अन्तिममा अहिले हतार नगरौं भन्दै उनको प्रस्ताव टारेका थिए । प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अहिले म पार्टी एकताको पक्षमा छु, फागुन पहिलो हप्तामा नयाँ सरकार बन्ने हो, अहिले हतार गर्नुपर्दैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed