Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सलमान खान आफैले पक्का गरे नेपाल आउने खबर (भिडियोसहित)

Loading

एजेन्सी । बलिउड स्टार सलमान खान नेपाल आउने पक्का भएको छ । सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अन्तर्गत नेपाल आउन लागेका हुन् । पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा बलिउड हंगामासँग कुरा गर्दै सलमानले नेपाल आउने तालिकाबारे स्पष्ट पारेका हुन ।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । सलमान मार्च ९ मा बिहान काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्नेछन् ।  उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको लागि सलमान मार्च ९ मा नेपाल आउने सलमान तीन दिन नेपाल बस्नेछन् । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए ।

‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । मार्च १० मा हुने कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् । टुँडिखेलमा हुने कन्सर्टको टिकटको मूल्य ३ हजारदेखि १० हजार रुपैयाँसम्म हुनेछ ।
हङकङबाट सुरु भएको टुर न्युजिल्यान्ड, अस्ट्रेलिया इन्डियामा भैसकेको छ भने अमेरिकामा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed