![]()
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत चिकित्सक डा. गोविन्द केसीले अन्ततः अनशन तोडेका छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान अनशन तोडेका हुन् ।
काठमाडौं जुत्ता सिलाउने काम गर्दै आएका सिराहा जिल्लाको लाहनका नथुनिया मोचीको हातबाट जुस पिएर डा.केसीले अनशन तोडेका हुन् । अनसन तोडदै डा. केसीले प्रधानन्यायाधीस गोपाल पराजुलीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । फागुन ८ गतेसम्म पराजुलीले राजीनामा नदिए पुन अनशन बस्ने चेतावनी उनले दिए ।
न्यायलय भ्रष्ट भएको भन्दै उनले पराजुली प्रहरी हिरासतमा हुनु पर्नेमा आफूलाई कष्टडीमा लगिएको भन्दै आपत्ति जनाए ।
स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच बिहीबार राती पाँच बुँदे सहमति भएको थियो ।


