Breaking News.... EverestOnlineKhabar
May 3, 2026

चाँदीको चम्चा चोर्ने भारतीय पत्रकारलाई ५० पाउन्ड जरिवाना

Loading

एजेन्सी,पुस ।
भारतको बंगाल प्रान्तकी मुख्यमन्त्री ममता बनर्जीसँग विदेश भ्रमणमा गएका भारतका पत्रकारहरूले बेलायतको लन्डनमा चाँदीको चम्चा चोरेपछि ५० पाउन्ड जरिवाना गरिएको छ ।
भारतका विभिन्न पत्रपत्रिकामा आएको समाचारअनुसार मुख्यमन्त्री बनर्जीको सम्मानमा दिइएको रात्रीभोजमा पत्रकारहरूले टेबलमा रहेका चाँदीमा काँटाचम्चा खल्तीमा हालेको सीसीटीभीमा देखेपछि सुरक्षाकर्मीले पत्रकारहरूलाई सामान फिर्ता गर्न सम्झाएका थिए । धेरै पत्रकारले सामान फिर्ता गरे पनि एक जनाले चलाखी गरेर अर्को साथीको ब्यागमा चोरेको सामान राखी सुरक्षाकर्मीसँग प्रतिवाद गरे । उनले चोरेको र लुकाएको साबित भएपछि ती पत्रकारलाई ५० पाउन्ड जरिवाना तिराइएको थियो ।
भ्रमणका साथै आएका पत्रकार चोरीमा समातिएपछि मुख्यमन्त्री बनर्जीलाई लाजमर्दो भएको थियो । चोरीको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको उपहास र तीव्र निन्दा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed