Breaking News.... EverestOnlineKhabar
May 2, 2026

डोल्पामा बुधबार साँझ लागेको आगो १५ घण्टापछि नियन्त्रणमा, ९ घर जलेर नष्ट

Loading

डोल्पा,पुस ।
डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर केसीले बुधबार साँझदेखि लागेको आगोले ९ घर जलेर नष्ट भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको जानकारी दिए ।
उनले भनेः‘आगोले ९ घर जले पनि कुनै मानवीय क्षति नभएको जानकारी हामीलाई प्राप्त भएको छ,केही पशु चौपाया मरेको जानकारी आए पनि घटनास्थल सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिने भएकाले विस्तृत विवरण आइसकेको छैन ।’
आगलागी भएको स्थानमा पानी नभएकाले नियन्त्रणमा लिन लामो समय लागेको बताइएको छ । नियन्त्रणमा प्रहरी र स्थानीय खटिएका थिए । मौसमी कारणले आगलागी भएको अनुमान गरिए पनि प्रष्ट खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed