Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इजलासमै डा. केसीले भने–‘ प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया हुन ’

Loading

काठमाडौं । सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस चलिरहँदा डा. केसीले इजलासमा प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया रहेको अभिव्यक्ति दोहर्याएका छन ।

सरकारकातर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसी, रमण श्रेष्ठ र श्याम खरेलले बहस सकेपछि केसीले समय माग्दै आफनो अभिव्यक्ति दिएका हुन । उनको अभिव्यक्तिको केही अधिवक्ताले बिरोध गरेका थिए ।

त्यसक्रममा केसीले आफू कसैको दास नभएर सार्वभौम देशको सचेत नागरिक भएको भन्दै संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताएका थिए । उनले आफू रैती नभई सार्वभौम देशको नागरिक भएको बताएका थिए ।

उनले भने, ‘मलाई सार्वभौम संविधानले फ्रिडम अफ एक्सप्रेसनको अधिकार दिएको छ। त्यसैले म रैती होइन, सार्वभौम देशको नागरिक हो। मैले अदालतको मानहानि गरेको छैन। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed