![]()
बिबिसि । बेलायतको उत्तरी आयरल्याण्डका मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या देखाउँदै उनले राजीनामा दिएका हुन ।
प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नु पर्ने भएकाले राजीनामा दिएको उल्लेख छ ।
“मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नु पर्ने छ, त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र मेरो परिवार नै भएको छ,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री मेले मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन् ।


