Breaking News.... EverestOnlineKhabar
May 2, 2026

दुई कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदै…

Loading

एजेन्सी,पुस ।
दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो ।
पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत गर्दै आउँदो फेब्रुअरीमा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन तयार रहेको बताएका थिए ।
त्यसपछि दक्षिण कोरियाले विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । वार्ता प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेसँगै पछिल्लो दुई वर्षमा यी दुई मुलुकबीच पहिलो पटक छलफल हुन लागेको हो ।
वार्ताले दुई कोरियाबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed