![]()
एजेन्सी,पुस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग फोनमा कुरा गर्न चाहेको बताएका छन् । उता उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता भइरहँदा यसप्रति सकारात्मक अपेक्षा राखेको बताउँदै ट्रम्पले त्यसो भनेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगामी हप्ता नै उत्तर कोरिया र दक्षिण कोरियाबीच हुने वार्तालाई समर्थन गर्दै अमेरिकाले पनि दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई स्थगित गर्न सहमति जनाएको थियो । यसै क्रममा मेरील्यान्डमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्प आफैँले नेता किमसँग कुरा गर्नमा उनलाई कुनै आपत्ति नभएको बताएका हुन् ।
यसअघि किम र ट्रम्पले विभिन्न अपशब्दको प्रयोग गर्दै एकअर्कालाई लगातार अपमानित गर्दै आइरहेका थिए । हालै यी दुईबीच आणविक मिसाइलको बटनलाई लिएर भएको विवाद खुबै चर्चित भएको थियो । तर दक्षिणमा हुने खेलमा सहभागी जनाउन सहमत भएपछि ट्रम्प किमप्रति केही नरम हुन खोजिरहेको देखिएको छ ।


