Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अन्ततः जनवरी २५ मा ‘पद्यमावत’ रिलिज हुने

Loading

एजेन्सी । लामो विवाद र अदालती झमेलापछि भारतीय फिल्म ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ । निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित फिल्म गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण रिलिज हुन सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिज डेट तोकिएको हो ।

चलचित्रको नाम सुरुवातमा ‘पद्यमावती’ राखिएको थियो । तर, चलचित्र सेन्सर बोर्डले ५ वटा दृश्यमा केहि फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न सुझाव दिएको थियो ।

फिल्म जनवरी २५ मा आउने भएपछि यो मितिमा पहिले नै प्रदर्शन मिति तय गरेको चलचित्र ‘प्याडम्यान र ऐयारी’लाई अप्ठ्यारो पर्ने देखिएको छ । अक्षय कुमार, राधिका अप्टे र सोनम कपुर अभिनित चलचित्र ‘प्याडम्यान’ जनवरी २५ मा रिलिज हुने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed