Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अब प्रधान न्यायाधीशविरुद्ध लड्ने डा.गोविन्द केसीको चेतावनी

Loading

काठमाडौ,पुस ।
डा.गोविन्द केसीले अब प्रधानन्यायाधीश र उनले स्थापित गरेका माफियाविरुद्ध लड्नुको विकल्प नभएको स्पष्ट पारेका छन् । आइओएमका बर्खास्त डीन शशी शर्मालाई सर्वोच्चले आइतबार कार्यकाल सकिन ४ दिन बाँकी रहँदा पदमा पुनर्वहाली गरेपछि डा. गोविन्द केसीले यस्तो चेतावनी दिएका हुन् ।
उनले विज्ञप्ति जारी गर्दै आज पत्रकार सम्मेलन गरेर थप कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।‘आइओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रुपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधान न्यायधीश तथा सरकारप्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आइओएमको डिन पदमा फर्काइएकोमा त्यसप्रति घोर आपत्ति जनाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं । न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाहरुविरुद्ध लड्नुको अब विकल्प छैन ।’ केसीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनले मेडिकल माफिया र न्यायालयबीचको साँठगाँठ रहेको पनि दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed