Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

Loading

एजेन्सी । लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरण अन्तर्गत सम्पन्न खेलमा एभर्टनलाई २–१ गोलले हराउँदै लिभरपुलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । लिभरपुललाई जिताउन जेम्स मिल्नर र भर्जिल भान डेकले गोल गरे । यस्तै एभर्टनका लागि जिफी सिगुर्ड्सनले एक गोल फर्काए । लिभरपुल एभर्टनसँगका पछिल्ला १६ खेलमा अपराजित छ । यसमा ८ खेल जितेको छ भने ८ खेलमा बराबरी भएको छ ।

यसैगरी अर्को खेलमा म्यानचेस्टर युनाइटेड पनि डर्बी काउन्टीलाई २–० गोलले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाइटेडको जितमा जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed