Breaking News.... EverestOnlineKhabar
May 1, 2026

शीतलहरका कारण तराईंमा ९ जनाको मृत्यु, दैनिकी अस्तव्यस्त

Loading

सप्तरी । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी ९ जनाको मृत्यु भएको छ । सप्तरीमा ६ र सिरहामा तीन जनाको मृत्यु भएको हो । गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको आज मृत्यु भएको हो । त्यसैगरी धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीमा चिसोका कारण ६ जनाको मृत्यु भएको छ । महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि सप्तरीमा मृतकको संख्या ६ पुगेको हो ।  नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको थियो । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।

अत्यधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ ।

यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ । बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed