Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रधानमन्त्रीको प्रस्तावमा एमालेको असहमति, प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्ने बिषयमा सहमति जुटेन

Loading

काठमाडौं । नेकपा एमालेको असहमतिपछि प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको मुकाम तोक्ने बिषयमा सहमति जुटाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल भएको छ ।

सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रमुख पाँच दलको बैठक एमालेको असहमतिपछि निष्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री देउवाले सहमति गरी आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने तयारी गरेका थिए ।
बैठकमा नेकपा एमालेका नेताहरुले तत्काल राष्ट्रियसभा निर्वाचनको मिति तोक्न माग गरेका थिए । उनीहरुले राष्ट्रियसभाको निर्वाचनको मिति नतोकेर सरकार सत्ता लम्ब्याउने षडयन्त्रमा लागेको आरोप लगाएका थिए । राष्ट्रिय सभाको निर्वाचनका लागि माघ २५ गतेसम्म कुर्नु नपर्ने एमाले नेताहरुको भनाई थियो ।

प्रदेश प्रमुख र प्रदेशको मुकाम तोक्ने काम सरकारको भएको एमाले नेताहरुले बताएका थिए । जवाफमा कांग्रेस नेता कृष्ण सिटौलाले एमाले अध्यक्ष केपी ओलीले बर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने बताएपछि सरकारले सहमतिको प्रयास गरेको बताएका थ्एि ।

बैठकमा एमाले अध्यक्ष केपी ओली बाहेक सबै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed