![]()
काठमाडौ,पुस ।
काठमाडौमा आज विहान तापक्रम २ डिग्री भन्दा तल झरेको छ । काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० डिग्रीमा झर्दा अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आकाश खुलेकाले चिसो बढेको मौसमविदले बताएका छन् । बेलुका भएपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल नबनेकाले आकाश खुलेको र देशभरि नै चिसो बढेको मौसमविद्ले जनाएका छन् ।
मौसम्विद्का अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्छ । तर राति बादल लागे न्यानो बढ्छ । चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ । तराई र हिमालको जनजीवन कष्टकर बनेको छ । चिसो अझै बढ्ने मौसमविदको अनुमान छ । पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको छ ।


