Breaking News.... EverestOnlineKhabar
April 30, 2026

आईतबार तीन बजेका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक स्थगित

Loading

काठमाडौ २७ । आईतबार तीन बजेका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि सहभागी नहुने भएपछि फेरी स्थगित भएको छ।

बैठक सोमबारका लागि तय भएको छ । वरीयता क्रममा आफु प्रधानमन्त्री पछि हुनुपर्ने भन्दै निधिले माग गर्दै आएका थिए। उनलाई तेस्रो वरीयतामा राखेर आईतबार मन्त्री परिषद्को बैठक बोलाईएको थियो। आफुलाई दोस्रो वरीयतामा नराखे सम्म बैठकमा पनि नजाने र राजिनामा पनि नदिने घोषणा गरेको निधि निकट स्रोतले बतायो।

आईतबारको बैठकका लामो समय देखी रिक्त रहेको आईजीपी नियुक्त गर्ने एजेण्डा रहेको थियो। तर गृहमन्त्रीले पेश गर्नुपर्ने यो प्रस्ताव निधि नै अनुपस्थित हुने भएपछि स्थगित गरिएको स्रोतले बतायो। निधिले भने आफु वरीयतामा दोश्रो नभए सम्म मन्त्रीपरिषद्को बैठकमा नजाने भन्दै आफु निकटलाई सुनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed