Breaking News.... EverestOnlineKhabar
April 28, 2026

सिरियामाथि थप आक्रमण गर्ने अमेरिकी चेतावनी, रुस रुष्ट

Loading

सिरिया,२६ चैत ।
अमेरिकाले सिरियालाई थप आक्रमण हुनसक्ने चेतावनी दिएको छ । रासायनिक आक्रमणको आशंकामा सिरियाका सैन्य अड्डामा आक्रमण गरेलगत्तै अमेरिकाले थप आक्रमण हुन सक्ने चेतावनी सिरियालाई दिएको हो ।
अमेरिकाले सिरियाको केही इलाकामा शुक्रबार मिसाइल आक्रमण गरेको थियो । गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए ।
अमेरिकी आक्रमणपछि रुस भने रुष्ट भएको छ । अमेरिकी आक्रमणपछि रुसले सिरियाली वायू सेनाको क्षमता बढाउने घोषणा गर्दै सिरियामा हवाइ आक्रमण रोक्ने सम्बन्धि अमेरिकासंगको सम्झौता रद्द गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed