Breaking News.... EverestOnlineKhabar
April 11, 2026

राजनीतिक दलले आधिकारिक हस्ताक्षर बुझाउने समय थप

Loading

काठमाडौ,२६ चैत ।
निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि थप गरेको छ । शनिबारसम्म हस्ताक्षर बुझाउन भनिएकोमा आउँदो ३० गतेसम्म पठाउन सकिने आयोगले जनाएको छ ।
वैशाख १६ गते उम्मेद्वारको मनोनयन गर्दा कुन दलको कुन उम्मेद्वार भनेर छुट्याउन र दलको आधिकारिक उम्मेद्वारको पहिचान गर्न सजिलो होस् भनेर हस्ताक्षर बुझाउन भनिएको आयोगले जनाएको छ ।
शुक्रबारसम्म झण्डै दुई दर्जन दलले आयोगमा हस्ताक्षर बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed