![]()
काठमाडौ,२५ चैत ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले विकास निर्माणको कामलाई अघि बढाउन बजेटको अभाव नहुँने दावी गरेका छन् । गभर्नर नेपालले सरकारसँग बजेट अभावकै कारण विकास निर्माणको कामलाई अघि बढाउन दातृ निकायसँग ऋण सहायता लिने गरेको पनि स्पष्ट पारे ।
उनले कूल बजेटको ७० प्रतिशत रकम साधारण खर्चमै सकिने र बाँकि २० प्रतिशत बजेटले विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । गभर्नर नेपालले मुलुकको समृद्धिका लागि वित्तिय स्रोत जुटाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिएका छन् ।


