नेपालमा तेस्रो कोरोनाभाइरस संक्रमित फेला

663 total views, 3 views today

२०७६ चैत १२, काठमाडौं । नेपालमा थप एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसुलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार