कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने ः विश्व स्वास्थ्य संगठन

264 total views, 3 views today

संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बिन्दु हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकामै थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सिर्जना हुने सम्भावना उच्च रहेको बताए । यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताए । अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार