Breaking News.... EverestOnlineKhabar
April 30, 2026

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा भारतमा ६ नेपालीको मृत्यु

Loading

२०७६ फागुन ०८, काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको मृत्यु भएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ जना महिला ४ जना पुरुष रहेका छन् । उक्त बसमा ३४ जना यात्रु थिए । घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गर्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको पहिचान खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ । उक्त गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार सबै जना नेपालको सुनसरी जिल्ला बासी हुन् । उनीहरु माघ २३ गते ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed