![]()
२०७६ फाल्गुन ८, बेनी । चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पर्वतको बेनीमा बिहिबार भएको सेमिफाइनलमा जित निकाल्दै एपीएफ र पुलिसले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनलमा एपीएफले न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्यो । अब आर्मीले भने तेस्रो स्थानको लागि न्यु डाईमण्डसँग खेल्नेछ ।


