Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ फागुन ०२, काठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रूपन्देहीका उपाध्याय कांग्रेसका पुराना नेता हुन् । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उपाध्यायको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस रुपन्देहीका नेता एवम् राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको असामयिक निधनको खबरले मलाई अत्यन्त दुःख लागेको छ । दुःखको यस घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, देउवाले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed